काठमाडौं – दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरिराखेको बसबाट डिजेल चोरी गर्ने एक गिरोह जिप सहित पक्राउ परेको छन् । ना. ४ ख ६४९५ नम्बरको बसबाट आज बिहान २ बजे डिजेल झिक्दै गर्दा दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा तुलसीपुर –९ बेलुवा निवासी २१ वर्षका विशाल रावत र रानीजरुवा निवासी १९ वर्षका नवीन केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रवक्ता पर्वत केसीले जानकारी दिनुभएको छ ।  

पक्राउ परेकाहरूको साथबाट २० लिटर डिजेल, ३०/३० लिटरका दुईवटा ग्यालिन र डिजेल बोक्न प्रयोग गरिने ना. ४ च ५७८७ नम्बरको जिप समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरु माथि प्रहरीले अरु थप अनुस्नधान भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।