काठमाडौं - उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले सामुहिक बलात्कार गरी फरार रहेका २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका - ६ धापासि बस्ने वर्ष २१ को आशिष तामाङ्ग भन्ने निमा तामाङ्ग र वर्ष २१ को कुशल श्रेष्ठ रहेका छन् ।

निमाले आशिष तामाङ्गको नक्कली फेसबुक आइडी खोलेर पिडित युवतीलाई साथी बनाइ भेट्न बोलाएर धापासीस्थित ग्राण्डी हस्पिटल नजिक रहेको गेष्ट हाउसमा लगि तामाङ्ग र श्रेष्ठले सामुहिक बलात्कार गरी फरार भएका थिए ।

फरार रहेका विरुद्ध पिडितले उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको उजुरीको आधारमा उनिहरुलाई धापासीबाट पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भईरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरले बताउनु भयो ।