काठमाडौं - सरकारको १०० दिनको उपलक्ष्यमा पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेल र मट्टितेलमा १०/१० रुपैयाँ घटाउने सोमबार निर्णय गरेको थियो।
उक्त निर्णयपछि पेट्रोल प्रति लिटर मूल्य १७५, डिजेल र मट्टिटेल प्रति लिटर १६५ कायम भएको छ। हवाइ इन्धनमा पनि १० रुपैयाँ घटाइएको छ।
0 comment