काठमाडौं - ‘समिट वमन अफ द इयर २०२३’ को उपाधि अभानी नेपालकी सह–संस्थापक आरुश्री शर्माले जितेकी छन्। 

ओपन स्पेस नेटवर्कको आयोजना र एपेक्स कलेजको प्रस्तुतिमा सम्पन्न ‘समिट वुमन अफ द इयर, २०२३’ को लागि शीर्ष ७ मा अभानी नेपाल प्रालिकी सहसंस्थापक आरुश्री शर्मा, पेटमामा नेपालकी सह–संस्थापक सीईओ निकिता जलान, आधुनिक मिथिला फोटो सपकी संस्थापक मनिषा शाह, पालिखे एण्ड श्रेष्ठ आर्किटेक्ट्स प्रालि (पीएएसए) की निर्देशक आर्किटेक्ट हेमन्तिका राज्यलक्ष्मी पालिखे, इस्टर्न नेपाल अथेन्टिक्सकी प्रोप्राइटर सिमोनी श्रेष्ठ, लुमिएर नेपालकी सह–संस्थापक स्वीकृति न्यौपाने र लुमिएर नेपालकी सहसंस्थापक दक्षता भण्डारी परेका थिए। 

सात जनामध्ये शर्माले ‘समिट वमन अफ द इयर २०२३’ को उपाधि जितेकी हुन् । उनलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, निकिता जलानलाई ५० हजार रुपैयाँ नगदसहित ‘वैद्य अर्गनाइजेशन इनोभेशन प्राइज २०२३’ बाट सम्मानित गरिएको छ। 

‘वुमन समिट अफ द इयर’ आयोजना गरिएको यो तेस्रो वर्ष हो। तेस्रो वार्षिक ‘वुमन समिट’ का प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका थिए । उनले विजेता महिलाहरुलाई सम्मानित गरेका थिए ।