काठमाडौं - हाम्रो देशमा सरकारी जग्गा, बाटो तथा अर्काको जग्गा मिच्नु समान्य जस्तै बनी सकेको छ । तर प्रदेश नम्बर २ का धेरैजसो जिल्लाहरुमा भने जग्गाको स्वामित्व हकवालाको नाममा भए पनि जग्गाधनीको लालपूर्जा लगायतका कागजात किर्ते जालसाजी गरी अर्कै व्यक्तिको नाममा पार्ने गरेको पाइएको छ । नक्काली कागजात बनाइ जग्गाधनीलाई थाहै नदिइ आफ्नो नाममा पास गर्ने र कुनै कुनै जग्गाको जग्गाधनीको लालपूर्जा २-३ जनाको नाममा पनि हुने गरेको पाइएकोछ । यस्तो कृयाकलापमा पहूँचवाला व्यक्ति, मालपोतका कर्मचारी, बिचौलियाहरु र राजनीतिक गर्नेहरु समेत संलग्न रहेको पाइएको छ । र राजनीति तथा शक्तिको आदम उनीहरुले जग्गाधनीलाई धम्की दिदै जग्गा अतिक्रमण पनि गर्ने गरेको खुलासा भएको छ ।

यस्तै भएको छ बारा जिल्लामा पनि, बारा जिल्लाको हकमा भने जनता समाजवादी पार्टीका बारा जिल्ला अध्यक्ष नै किर्ते जालसाझी गर्ने गरेको रहस्य उजागर भएको छ । जनता समाजवादी पार्टीका बारा जिल्ला अध्यक्ष समेत रहेका अजय पाटेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीले किर्ते जालसाजी गरेको आरोपमा नियन्त्रणमा लिएको छ । पटेलले भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीहरुको मिलोमतोमा मोही कायम गरेर जग्गा हत्याउन खोजेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलिले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार जग्गाधनीले दिएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा किर्ते जालसाजी गरेको देखिनसाथ अजय पटेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको बताए ।

बारा जिल्ला परवानिपुर गाउपालिकामा एउतै ब्यत्तिको नममा रहेको वडा नम्वर ८ को ३ बिगाह, वडा नम्बरको ५ को१० बिगाह १५ कठ्ठा र वडा नम्बर ६ बहुअरीको ६ बिगाह क्षेत्रफल रहेको जग्गाको नक्कली कागजात बनाइ, हुँदै नभएको मोहि कायम गराउन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । यस घतनामा मालपोतका कर्मचारीको पनि नाम मुछिएपछि भुमिसुधार तथा मालपोत कार्यालय बाराका सुचना अधिकारी सागर कुमार साहले कार्यालयको कुनैपनि कर्मचारी यस घटनामा संलग्न नरहेको दावी गरेका छन् ।

अजय पटेलले सो जग्गा करिब १० बर्ष देखी नै भाडामा लिएर खेतीपाति तथा पोखरी खनेर उपभोग गर्दै आएको जग्गा हडपेको जग्गाधनि रमशरन पन्डेले दुखेसो गरे । आफु अन्यायमा पर्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो कार्यालयमा उजुर समेत गरेको र प्रकृया समेत अगाडी बढाइएको बताए ।