काठमाडौं - लागुऔषध नियन्त्रण ब्युरोको टोलिले २ जना भारतिय महिलालाई १७ करोड रुपैया बराबरको ७ किलो ८ सय ८७ ग्राम लागुऔषध कोकिन सहित पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाइ आज लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलन गरि सार्वजनीक गरेको छ । पक्राउ पर्नेहरुमा भारतिय नागरिक बर्ष ४५ कि भलल्लावामी र बर्ष २९ किललहलइम्पुइ रहेका छन । प्रहरिले दुई जनालाइ ठमेल स्थित होटलबाट उक्त परिमाणको कोकिन सहित पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख बिकास राज खनालले बताउनु भयो ।

उनिहरु चैत्र २ गते इथोपिया हुँदै गिनि पुगेर ९ दिन बसाइ पछि कतारको दोहा हुँदै काठमाडौ पुगेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको ब्युरो प्रमुख खनालले जानकारी दिनु भयो । प्रहरीका अनुसार १४ गते मङ्गलबारको दिन त्रिभुवन बिमानस्थल हुँदै इन्डिगो एरलाइन्सबाट भारतको दिल्ली जाने तयारीमा थिए । प्रहरीले भलल्लावामीबाट ५ किलो र किललहलइम्पुइबाट २ किलो ८ सय ८७ ग्राम बरामद गरेको थियो ।

पक्राउ परेका महिलाहरुले कोकिनलाई ४ वटा ब्यागमा फल्सबटम बनाएर सुट्केसमा लुकाइ राखेको अवस्थामा बरामद गरेको थियो । पक्राउ परेकाहरुलाइ लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान भैरहेको ब्युरोले जनाएको छ ।