काठमाडौं - लागू औषध नियन्त्रण व्युरोले साँढे सात किलो बढी कोकिनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाह्लिमपुई रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको दिल्ली लैजान लागेको लागू औषधसहित एक भारतीय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ परेका हुन् भने अर्का भारतीय ठमेलस्थित एक होटलबाट पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट कुल साँढे सात किलो बढी कोकिन भेटिएको लागू औषध नियन्त्रण व्युरोले जनाएको छ ।
0 comment