काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनालाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । 

कार्यालयको चमेना गृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरले ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

गाउँपालिकाका रहेको नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरुलाई घुससहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।