डा. शास्त्रदत्त पन्त
नेपाल–भारत बीचको सिमानामा दशगजा कायम गरिएको छ । दशगजा भनेको नेपाल र भारत दुबैको हक नलाग्ने अथवा दुबैको साझा जमिन हो । यही साझा जमिनको बीचमा सीमा स्तम्भ बनाइन्छ । यो दश गजामा कुनै रुख उम्रिन दिनु हुँदैन, बूती बस्नु हुँदैन, आवाद गर्न पनि हुँदैन तर जबदेखि बीएसएफको स्थापना गरियो त्यसपछि भारतीय गरीब वा सुकुम्वासीलाई दशगजामा घर बनाएर आवाद गर्न लगाइयो । त्यसक्रममा ठाउँठाउँमा स्थानीय जनताबीच झडप पनि भएको छ ।
जेठ १५ गतेदेखि धनुषा जिल्लाको नगराइन नगरपालिका–२ जटही नाकास्थित दशगजामा पर्ने रिफरेन्स पिलर ५१ र मुख्य पिलर २८४/३५ को बीचमा भारतले एकतर्फी रुपमा भन्सार चेक पोष्ट निर्माण कार्य नै थालेको थियो । जनताको चर्को दबाबपछि निर्माण कार्य क्षणिक स्थगित गरिएको थियो ।
दशगजामा कसैले पनि यस प्रकारका घरटहरा वा सार्वजनिक प्रयोजनको भौतिक संरचना निर्माण गर्न नपाउने प्रावधान भएको जान्दाजान्दै हेपेर बनाएको देखिन्छ । तर भारतीय पक्षले एसएसबीका जवानहरुलाई तैनाथ गरी धमाधम निर्माणको कार्य अघि बढाएको थियो ।
0 comment