दीपक श्रेष्ठ, काठमाडौं 

सवारी दुर्घटनाको कारण बाटो काट्ने क्रममा मृत्युहुनेहरुमा अधिकाँश काठमाडौ उपत्यकामा हुने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकले देखाएको छ ।

२०७७/७८ मा ५१ जना, २०७८/७९ मा ५८ जना र २०७९/८० मा ४३ जना पैदल यात्रुको मृत्यु भएको छ । त्यसमा मृत्यु हुनेहरुमा ९९ जना पुरुष र २८ जना महिला गरि १ सय २७ जना रहेका छन् । २०७९ साल श्रावण महिना देखि फाल्गुन मसान्त सम्मको देशभरको तथ्यांक हेर्दा सडक दुर्घटनाबाट पैदल यात्रुको मृत्यु हुने मध्य काठमाडौमा मात्र ३५ प्रतिशत मानिसहरुको मृत्यु भएको उपत्यका ट्राफिक कार्यालय का  प्रबक्ता राजेन्द्र भट्टले बताउनु भयो ।

यसरी हुने दुर्घटनामा अधिकाँश दुई पाङ्ग्रे सवारी रहेको छ भने मृत्युहुनेहरुमा अधिकाँश १७ देखि ३५ बर्ष उमेर समुहका रहेको तथ्यांकले देखाएको छ । यसरी सडक दुर्घट्नामा परि मृत्युहुने पैदल यात्रीहरुमा धेरै जसो सवारी साधन गुड्ने सडकमा बाटो काट्दा आकाशे पुलको प्रयोग नगर्ने र बाटो काट्दा सावधानी नपनाउदा सवारी दुर्घट्नामा परि मृत्यु भएको प्रबक्ता भट्टले बताउनु भयो ।

यस्तो सडक दुर्घट्नाबाट हुने मृत्युदर न्युनिकरणको लागि पैदल यात्रु स्वयम् सजग हुनु  पर्ने । बाटो हिड्दा सडक पेटिको प्रयोग गर्नु पर्ने । बाटो कट्दा उपलब्ध भएको ठाउँमा आकाशे पुलको प्रयोग गर्ने । आकाशे पुल नभएको ठाउँमा जेब्राक्रसिङ्गबाट बाटो काट्ने र सडकमा हिड्दा मोबाइलको प्रयोग नगर्ने जस्तो बानी बसालेको खण्डमा सडक दुर्घट्नामा पैदल यात्रुको मृत्यु दर निकै कम हुने दाबी गर्नु भयो । साथै सबैले बाटो हिड्दा सजग भएर हिड्न उपत्यका ट्राफिक कार्यालयका प्रबक्ता भट्टले अनुरोध गर्नु भयो ।