काठमाडौं - प्रहरीले नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै करोडौं ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सानु भण्डारी, केशव प्रसाद दुलाल र टंक कुमार गुरूङ रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई आइतबार ललितपुरको थापाखेल क्षेत्रबाट पक्राउ गरेको हो।
८१ जनाबाट १३ करोड ६३ लाख रकम ठगी फरार भएपछि पीडितहरूले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।
उनीहरूले ठगी गरेको ६५ लाखभन्दा बढि रकम विभिन्न बैंक खातामा जम्मा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस्तै पीडितमध्ये १० जनाभन्दा बढिको नाममा नेपाल सरकार गृहमन्त्रालयको नाममा सरकारी लोगो समेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्ट समेत बनाएको पाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0 comment