काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध नाराबाजी गर्ने ३ जना कारागार चलान भएका छन्।
गत मंगलबार प्रधानमन्त्री उपस्थित एक कार्यक्रममा नाराबाजी गरेका स्वतन्त्र अभियान नेपालका कार्यकर्ताहरू सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा कारागार चलान भएका हुन्।
बैंकको व्याज महँगो भएको, जनताले दुःख पाएको र ब्याजदर घटाउनुपर्ने लगायतका माग राखी उनीहरू प्रदशनमा उत्रिएका थिए। उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभ्रद व्यवहारमा मुद्दा दर्ता भएको थियो।
सोमबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जनही ५ हजारका दरले धरौटीमा छाड्ने आदेश दिएको थियो। धरौटी बुझाउन नसकेपछि उनीहरूलाई डिल्लीबजार कारागार चलान गरिएको हो।
दिनको ३०० का दरले धरौटी कट्टा हुने गरी धरौटी रकम कट्टा नभएसम्म उनीहरू कारागारमा रहनेछन्।
0 comment