काठमाडौं – नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । 

आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिएका छन् । 

लुम्बिनी प्रदेश सरकारमा माओवादी केन्द्रबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी थिए ।

माओवादी सरकारबाट बाहिरिएसँगै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।