काठमाडौं - धनुषामा एक निजी विद्यालयकी दस वर्षीया बालिका आफ्नै शिक्षकबाट बलात्कृत भएकी छन् ।
धनुषाको सबैला नगरपालिकास्थित एक निजी विद्यालयका शिक्षक जितेन्द्र यादवले गत मंगलबार स्कुलको टिफिन समयमा बालिकालाई विभिन्न प्रलोभन देखाएर शौचालयमा लगेर बलात्कार गरेको प्रमाण भेटिएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।
बलत्कारको भिडियो खिचेर केही व्यक्तिहरूले कारबाहीको लागि गुनासो गर्न स्कुलमा आएपछि घटना बाहिरिएको हो।
सुरुमा स्कुलका प्रिन्सिपलले घटनालाई मिलाउन खोजेको र पछि घटना नमिल्ने देखेपछि प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीको भनाइ छ। आरोपित यादव बालिकाको घर भएको स्थानमा गएर घण्टौ बस्ने र उसको अगाडि पछाडि गर्ने गरेको परिवारलाई पहिल्यै थाहा थियो। यस विषयमा परिवारले स्कुललाई गुनासो समेत गरेको थियो। स्कुलको रोहवरमा दुबै पक्षबिच मिलापत्र समेत भएको थियो।
घटनापछि फरार रहेका यादव तीन दिनपछि सिरहाको बन्दीपुरस्थित बल्टियाबाट पक्राउ परेका हुन्।
आरोपित यादवलाई हालः इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ।
0 comment