काठमाडौं – रुकुम पश्चिममा विद्यालयबाट फर्किँदै गर्दा ढुङ्गाले लागेर एक जना बालकले ज्यान गुमाएका छन् ।
यसरी ज्यान गुमाउनेमा आठबिसकोट नगरपालिका वडा नम्बर ११ गोइरीका महेन्द्र परियारका ९ वर्षीय छोरा दीप रोशन परियार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी नमराज भट्टराईका अनुसार परियारलाई विद्यालयबाट फर्कने बेला गोइरी भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागेर उनको ज्यान गएको हो ।
परियार स्थानीय बाल कल्याण माध्यमिक विद्यालयमा कक्षा दुईमा अध्ययनरत थिए । ढुङ्गा के, कसरी खस्यो भन्ने कुरा नखुलेको हुँदा यसबारे प्रहरीले अनुसन्धान गरी रहेको छ ।
0 comment