काठमाडौं - लघुवित्तिय संस्थाको ज्यादतीविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।
नेकपा बहुमतको बागमती उपत्यका व्युरोले लघुवित्तिय संस्थाका कारण सर्वसाधारणहरू पीडित हुनुपरेको र ठगी गरेको भन्दै काठमाडौंको कमलपोखरीस्थित निर्धन उत्थान लघुवित्तको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले लघुवित्तिय संस्था खारेज गर, पीडितको ऋण मिनाहा गर, जनताको जीवनशैली सहज गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेकपा बहुमतका नेता गुणराज लोहनीले नेपालका ७५ प्रतिशत मान्छेहरु वित्तीय संस्थाबाट पीडित रहेको जनाउँदै लघुवित्तिय संस्थाको ज्यादति नरोकिएसम्म निरन्तर संघर्ष गर्ने चेतावनी दिए।
पछिल्लो समय लघुवित्तीय संस्थाका विरुद्ध निरन्तर विरोध प्रदर्शन हुँदै आएको छ ।
0 comment