काठमाडौं – भारतको उत्तराखण्ड प्रहरीले करिब ४ किलो चरेससहित २ नेपालीलाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा, धार्चुला महाकाली नगरपालिका ६ पौने खोलाका ३० वर्षीय उमेश बहादुर पाल र दुहु गाउँपालिका– १ पिपौलचौरीका २६ वर्षीय रवि कुँवर रहेका छन् ।
उत्तराखण्ड प्रहरीको विशेष अपरेशन टोलीले ३ किलो ६८० ग्राम चरेस सहित उनीहरूलाई सोमवार बेलुकी ७ बजेतिर पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाविरुद्ध लागू औषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्ट अन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ ।
भारतको धार्चुला क्षेत्रमा चरेससहित दुई जना पक्राउ परेको खबरपछि खलङ्गास्थित सीमा नाकाको चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।
0 comment