काठमाडौं – रुकुममा एक पुरुषको शव ६० मिटर तल गाडिएको अवस्थामा फेला परेको छ ।
उक्त व्यक्ति विगत ६ दिनदेखि हराईरहेका थिए । उनी घाँस काट्न भनेर चैत १ गते घरबाट निस्केको र घर नफर्किय पछी चैत २ गते प्रहरीमा निवेदन परेको थियो ।
डिएसपी भट्टराईको नेतृत्वमा रहेको प्रहरी टोलीले नेपाल प्रहरीको तालीम प्राप्त कुकुरको सहायताबाट खोजतलास गर्दै जाँदा मुसिकोट नगरपालिका ३ छेरा निवासी ६० बर्षिय लोकबहादुर केसीको शव छेडा नजिकै गड्याङ भन्ने स्थानमा आज फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार सडक देखि अन्दाजी ६० मिटर तल माटोमा गडिएको अवस्थामा शव फेला परेको हो । उक्त शव पुरिएको अवस्थामा भेटिएकोले हत्या गरिएको हुनसक्ने मृतकका आफन्तीहरुको भनाई रहेको छ ।
केहि शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरीरहेको र घटनाको अनुसन्धान भैरहेको डिएसपी भट्टराईले बताउनु भएको छ ।
0 comment