काठमाडौं – धनगढीमा चट्याङ पर्दा धनगढी उपमहानगरपालिका ५ तारानगरका कुन्नु नारायण चौधरीको घरमा क्षती भएको छ । 

चट्याङले गर्दा उनको घरको दोस्रो तलाको छतमा ४ फिट, चौडाई २ दशमलब ५ फिट प्वाल परेको छ, साथै घरमा जडान भएको ईन्भटर मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सव मिटर पुर्ण रुपमा क्षति भएको उनले बताएका छन् । यस्तै गाडी पार्किङ्ग गर्न बनाएको ग्यारेज टिन, पार्किङ्ग गरी राखेको बा. ०१.०२६ च ५१०८ नं को कारमा र एउटा से.  ६ प ७४६६ नम्बरको स्कुटीमा समेत क्षति पुगेको उनले जानकारी दिएका छन् । 

तर चट्याङले गर्दा कुनै मानविय क्षती न भएको बताईएको छ ।