काठमाडौं – आज ५८औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा यो दिवस मनाउने गरिन्छ । यसवर्ष पनि जातीय भेदभाव अन्त्यका लागि जन चेतना जगाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम हुँदैछन् ।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा मंगलबार शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले सभ्य र सु–संस्कृत समाज निर्माणमा एकजुट हुन आग्रह गरेका हु्न् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण नेपालीलाई छुवाछुत र जातीय हिंसाविरूद्ध उभिन आग्रह गरेका छन् । 

’अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपील गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भने ।