काठमाडौं – गएराती सल्यानको एक किराना पसलमा आगलागि हुँदा ५ जना घाइते भएका छन् भने जस मध्ये ४ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
शंकर रानाको किराना पसलमा एक्कासी आगलागि हुँदा ५ जना घाइते भएका हुन् । यसरी घाइते हुनेमा पसलको शाहु कुमाख गाउँपालिका ४ भण्डारखोलाका २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय संजिव शाह र १८ वर्षीय क्षेत्रमणी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।
घाइतेहरुको मिसन अस्पताल रुकुम चौरजहारीमा उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँकेमा रिफर गरिएको प्रहरले जनाएको छ । घाइते ५ जना मध्ये शंकर, यज्ञ ,जीवन र संजिवको अवस्था गम्भीर रहेको र पसलमा के कति कारणले आगो लागि भयो भन्ने घटनाकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0 comment