काठमाडौं - युरोपेली मुलुक फिनल्यान्ड लगातार छैटौंपटक विश्वको सबैभन्दा खुसी देश बनेको छ।
ग्यालप वर्ल्ड पोलको जीवन मूल्यांकनमा आधारित प्रतिवेदनअनुसार फिनल्यान्ड खुसी हुने देशको सूचीमा पहिलो स्थानमा परेको हो। स्वस्थ जीवन प्रत्याशा, प्रति व्यक्ति आय, सामाजिक समर्थन, कम भ्रष्टाचार, समुदायमा उदारतालगायत विषयमा आधारित प्रतिवेदनले फिनल्यान्डलाई पहिलो स्थानमा राखेको हो।
त्यस्तै दोस्रोमा डेनमार्क, तेस्रोमा स्वीट्जरल्यान्ड र चौथोमा आइसल्यान्ड परेको छ। त्यसपछि क्रमशः पाँचौंमा नेदरल्यान्ड्स, छैटौंमा नर्वे, सातौंमा स्वीडेन, आठौंमा लक्समर्ग, नवौंमा न्युजील्यान्ड र दसौंमा अस्ट्रीया रहेका छन्।
त्यस्तै ११औं मा अष्ट्रेलिया, १२औं मा इजरायल, १३औं मा जर्मनी, १४औं मा क्यानडा, १५औं मा आयरल्यान्ड, १६औं मा कोस्टारीका, १७औं मा वेलायत, १८औं मा चेक रिपब्लिक १९औं मा अमेरिका र २०औं स्थानमा बेल्जियम रहेका छन्।
त्यस्तै सूचीको सबैभन्दा पछाडि १४६औं स्थानमा अफगानिस्तान परेको छ।
दक्षिण एसियामा ८५औँ स्थानसहित नेपाल सबैभन्दा अग्रस्थानमा छ भने माल्दिभ्स ८७ औँ स्थानसहित दोश्रो स्थानमा छ। त्यस्तै, ९९ औँ स्थानसहित बङ्लादेश तेश्रो स्थानमा छ भने १०३औँ स्थानसहित पाकिस्तान चौंथो स्थानमा छ। १२६ औँ स्थानमा रहेको स्रीलंका दक्षिण एसियामा पाँचौं स्थानमा छ भने छैठौं स्थानमा रहेको भारत विश्व सूचीमा १३६ औँ स्थानमा छ। भुटानलाई भने यो सुचीमा राखिएको छैन ।
0 comment