काठमाडौं - प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेश भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयक पेश गरेकी हुन्।

बैठकमा सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोध बहुमतले अस्वीकृत भएपछि मन्त्री शर्माले उक्त विधेयक संसदमा पेश गरेकी हुन्।

अब विधेयकमाथि दफाबार छलफल हुनेछ।