काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारीमा छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न बैठक बोलाएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।
0 comment