काठमाडौं – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –७ ईत्रामस्थित शंकरचोक नजिककै एक नव जात शिशुको शव फेला परेको छ ।

बाँसको झ्याङ्गबाट कुकुरले शव घिसारेर ल्याउँदै गरेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार शिशुको घाँटीमा एअरफोन बेरिएको छ ।

बच्चा जन्मने वित्तिकै मारेर फालेको हुन सक्ने आशंका रहेकोले प्रहरीले यसबारेमा अनुसन्धान गरी रहेको जनाएको छ ।