काठमाडौं – तुलसीपुर चेम्बर अफ कमर्सले रेडियोकर्मी प्रेमकुमारी सहित १५ जना युवा उद्यमीलाई सम्मान गरेको हो । पत्रकारिता मार्फत तुलसीपुर क्षेत्रको आर्थिक र व्यवसायिक प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै रेडियोकर्मी प्रेमकुमारी मगरलाई तुलसीपुर चेम्बरले आफ्नो दोस्रो साधारणसभाको अवसरमा सम्मान गरेको हो ।
प्रेस चौतारी नेपाल तुलसीपुरकी उपाध्यक्ष समेत रहेकी मगरले रेडियो प्रकृतिमा समाचार, कार्यक्रम र विज्ञापन हेर्दै आउनु भएको छ । त्यसैगरी तुलसीपुर क्षेत्रको आर्थिक विकास र व्यवसायीक प्रवर्द्धनका लागि बजार विशेष कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ । त्यसैगरी युगबोधकर्मी प्रेम राम्जालाई पनि सम्मान गरिएको छ । पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील राम्जा प्रेस चौतारी नेपाल दाङका उपाध्यक्ष समेत हुनुहुन्छ ।
त्यसैगरी युवा उद्यमी दीपक काफ्ले, स्ट्रेन्थ लिप्टीङका अन्तराष्ट्रिय खेलाडी हेम बहादुर घर्ती, उद्योगी मोहन घर्ती, महिला उद्यमी तुलसी बूढा, छालाजुत्ता व्यवसायीको तर्फबाट ल्वाम बहादुर सार्की, सल्यानी खुकुरी उद्योगका ऋषिराज बिक, स्वास्थ्यकर्मीको तर्फबाट विमल केसी, शुरज ज्ञवाली, व्यापारीको तर्फबाट लालबहादुर डाँगी, प्राकृतिक चिकित्साबाट डा. अरुण कुमार श्रेष्ठ, समाजसेवीको तर्फबाट शेरबहादुर घर्ती, निमबहादुर बुढाथोकी र टेन्ट हाउसको तर्फबाट सनउल्ला अन्सारीलाई सम्मान गरिएको छ ।
0 comment