काठमाडौं - उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि विरुद्ध जनचेतना तथा धर्ना कार्यक्रम आयोजना गरेको छ ।
पछिल्लो समय मूल्यबृद्धि बढेको भन्दै काठमाडौंमा जनसचेतना तथा धर्ना कार्यक्रम गरिएको छ ।
पछिल्लो समय मूल्यबृद्धि बढेको भन्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघर मूल्यवृद्धि विरुद्ध जनचेतना तथा धर्ना कार्यक्रम आयोजना गरेका हुन्। हरेक वस्तुमा मूल्यवृद्धि हुँदासमेत राज्य मौन रहेको भन्दै उनीहरूले जनता नै जागरुप हुनुपर्ने बेला आएको बताएका छन्।
धर्नामा सहभागीले दोहोरो कर प्रणाली खारेज गर, बजार अनुगमन कतै देख्न पाइँदैन, बिचौलियाको सिण्डिकेट चाहिँदैन, अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
उनीहरूले बजारमा हावी भएको सिण्डिकेट रोक्नुपर्ने र कालाबजारीलाई नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने समेत जनाए।
0 comment