काठमाडौं – दाङमा मोटरसाइकलले ठक्कर दिंदा एकजना ८० वर्षीया महिला गम्भिर घाइते भएका छन् ।
रा ४ प ३१८६ नम्बरको मोटरसाइकलले रगैजा नजिकै ठक्कर दिंदा शान्तिनगर गाउँपालिका ५ मजघटुवा निवासी ८० वर्षीय भिमा कुमारी डाँगी गम्भिर घाईते भएकी हुन् ।
घाइतेको राप्ती पादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरीएको छ । साथै मोटरसाइकल चालक शान्तिनगर ६ निवासी २९ वर्षीय राजेश चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
0 comment