सिन्धुपाल्चोक - सुनकोशी गाउँपालिकाले गत फागुन ३० गते सुकुटे रिसोर्टमा पालिका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिना, उपाध्यक्ष कान्छी लामा, कार्यकारी प्रमुख पुर्ण प्रसाद दुलाल, सिमित कर्मचारी र केही जनप्रतिनिधिहरूको उपस्थितिमा हिँउदे अधिवेशन सम्पन्न गरेको छ। 

पालिकाले फागुन २९ गते देखि नै रिसोर्ट बुक गरेर केही जनप्रतिनिधि र सिमित कर्मचारी मात्र २९ गते राति ३ बजे सम्म रात्री भोज, जलपान र नाचगान गरेर सहमति गराई भोलिपल्ट फागुन ३० गते अधिवेशनको प्रस्तुत बिषयहरूको छलफलमा जनप्रतिनिधि र कर्मचारी कसैलाई पनि बोल्न नदिई जस्ताको तस्तै कार्यकारी प्रमुख दुलालले पढेर सुनाउँदै पास गरिएको छ। कार्यक्रम सांसद भवनको झल्को दिने खालको गरिएपनि बोल्न नदिएको हो वा बोल्न नचाहेको नबुझिए पनि कर्मचारी र जनप्रतिनिधि भने मुखामुख हेराहेर मात्र गरिरहेको देखिन्छन्। 

एक दिन अघिदेखि विपक्षी मिलाउने खुवाउने तयारी गरेर रात्री भोज गरे पनि एउटा ब्यानरमा लेखिएको अक्षरको समेत ख्याल नगरी हतार-हतार पास गरेको देखिन्छ। 

बाह्रबिसेमा भएको ब्याटमिन्टन प्रतियोगितामा ४ जना भाग लिन जाँदा ५० हजारको जर्सी र जुत्ता किनेको देखिन्छ जवकि फुटबल खेलाडीलाई जर्सि जुत्ता किन्दा पनि त्यती पर्दैन। राष्ट्रपति रनिङ शिल्ड गराउँदा पनि नियम विपरित आफ्नो कार्यकर्ता पोसाउने तरिकाले भर्ति गरेको देखिन्छ। राष्ट्रपति रनिङ शिल्डमा जवकि खेलाडिहरूलाई खाना -खाजा व्यवस्थापन नहुँदा भोकभोकै खेल्न परेको गुनासो रहेको छ। 

विज्ञापन नै लुकाएर पालिकामा आफ्नो कार्यकर्ता प्रेस सल्लाहकारदेखि कार्यालय सहयोगी समेतमा भर्ति गरिएको छ। जवकि ती कर्मचारिलाई आफ्नो काम कर्तव्य समेत थाहा छैन। जवकि कोहि कर्मचारी आफ्नो शाखाले गर्नु पर्ने काममा समेत अनविज्ञ छन्। दक्ष अनुभवि प्रशिक्षार्थीलाई फेल गराउँदै आफ्ना कार्यकर्ता भर्ति गराएको प्रस्ट देखिन्छ। 

सुनकोशी गाउँपालिकामा जाँदा सेवाग्राही हुन् वा कर्मचारी सर्वसाधारणलाई छुट्याउन गाह्रो हुन्छ। कोहि कर्मचारी गाउँपालिका नै आफैँले चलाएको जस्तो फाईल बोकेर भित्र र बाहिर गरेको देखिन्छ। कर्मचारी जसरी तलब भत्ता खाने र कार्यालयमा बसी पार्टीको कार्यकारी भुमीका निर्वाह गर्ने प्रवृतिले केही व्यक्तीहरुको राजनितीक हावी भएको प्रष्ट देखीन्छ भने कोहि कर्मचारी आफ्नो शाखाको काम कसरी गर्ने भन्नेमा व्यस्त रहेको देखिन्छ। गाउँपालिकाको तलब भत्ता खाने सबै कर्मचारी हो भन्ने बुझिन्छ। तर यहाँ तलब भत्ता खाने कार्यलय सहयोगीदेखि अध्यक्षको सल्लाहकार समेतले कार्यालय पोषाक समेत लगाएको पाईंदैन। 

स्थाई कर्मचारीभन्दा पनि करारमा भर्ति गरिएका कर्मचारीमा एक त काम नजान्ने अर्को कुरा मै ठूलो, म त अध्यक्षको मान्छे भन्ने खालको घमण्ड रहेको पाईन्छ। कर्मचारीलाई कार्यक्षेत्र पुग्न योजनाको काम भए नभएको काम गर्दै गर्दा जान यातायात सुविधा नहुँदा समस्या रहेको छ। अध्यक्ष गाडिको सुविधा लिएको छैन भनेर पन्छिने, कार्यकारीलाई पालिकाले ४० लाख खर्च गरेर ल्याएको गाडि उहाँले मात्र प्रयोग गर्ने र उपाध्यक्षले एउटा प्रयोग गर्नुहुन्छ। तर समयमा अनुगमन गर्न नसक्दा उपभोक्त समितिको बिल भुक्तानिमा ढिला हुँदा स्थानीय उपभोक्ता मारमा परेको स्थानियको गुनासो रहेको छ।

असार, साउनको अबिरल वर्षाले जनताको घर आँगन, गोठ, पहिरोले जोखिममा रहेको छ। निबेदन दिएको १० महिना हुँदा पनि कुनै कार्यान्वयन भएको छैन। फेरी वर्षा लाग्न लागि सक्यो अब के हुन्छ थाहा छैन। जनताको गुनासो सुन्ने तर सामाधान नगरेको सुनकोशीको जनताको गुनासो रहेको छ।

समस्याहरू जिउँको तिउँ हुँदाहुँदै पनि ती विषयमा छलफल गरिएन तर कार्यक्रमको जिम्मेवारी, कार्यसम्पादन र बेरूजुको बिषयमा कार्यकारी प्रमुखले बोल्नु भए पनि अध्यक्ष, उपाध्यक्ष, कर्मचारी र जनप्रतिनिधिले भने केही बोलेको देखिएन। सुनकोशीको हिँउदे अधिवेशन मनोरञ्जन र कार्यकर्तामुखी भएको प्रष्ट देखिन्छ।