चौतारा - सिन्धुपाल्चोकको चौतारा साँगागढी नगरपालिका वडा नम्बर ९ को कार्यालयले स्थानीय सञ्चार क्षेत्रको नाममा ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको पाईएको छ।

सामान्य अवस्थामा विज्ञापन खर्च छुट्ट्याउनु र स्थानीय सञ्चार माध्यमलाई सहयोग गर्ने वडा कार्यालयको निर्णयलाई सकारात्मक रुपमा लिन सकिन्छ । तर गत वर्ष अत्यधिक बर्षाका कारण अरनिको राजमार्ग छेउमै घुमाने डाँडाका वासिन्दाको घरमा खोला पसेर उठिवासको स्थिती आएकोमा स्थानीय सरकारले अहिलेसम्म पीडितको लागी केहि गरेको छैन । यस्तो स्थितीमा सञ्चार क्षेत्रको नाममा बजेट विनियोजन गर्नु कहाँसम्म न्यायोचित देखिन्छ ?

मानव वस्तीमा खोला छिर्दा कुनै वास्तै नगर्ने सिन्धुपाल्चोकको स्थानीय सरकारले पहुँचको भरमा व्यापारीलाई भने सजिलै सहयोग गरेको पाइएको छ ।