काठमाडौं - सरकारले मन्त्रीसहित उच्च अधिकारीको विदेश भ्रमणमा कडाई गरेको छ। 

मन्त्रिपरिषदको मंगलबारको बैठकले अत्यावश्यक काम बाहेक मन्त्री र सरकारी अधिकारीको विदेश भ्रमण रोक लगाउने निर्णय गरेको हो। 

सरकारका प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बुधबार पत्रकार सम्मेलनमा मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै भनिन्, 'नेपाल सरकारका मन्त्रीहरू र अन्य उच्च पदस्थ कर्मचारीहरूले अब उप्रान्त अति आवश्यक अवस्था बाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय भएको छ।'

मन्त्री र सरकारी उच्च अधिकारीले आफूखुसी विदेश भ्रमण गर्न थालेपछि सरकारले नियमन गर्न यो निर्णय गरेको हो।