काठमाडौं – पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट घाईते हुनेमा, कास्कीको रुपा गाउँपालिका ४ बस्ने २८ वर्यीय श्रीकृष्ण मल्ल ठकुरी र २३ वर्सीय राजेश तिमिल्सिना रहेका छन् ।

कालिज फार्ममा मंगलबार राति पसेको चितुवाले त्यहाँका कामदारलाई आक्रमण गरेको प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिएका छन् ।
उहाँका अनुसार उनीहरुको गालामा चितुवाले चिथोरेको र उपचारका लागि अस्पताल भर्ना गरिएको छ । मानिसलाई आक्रमण गर्ने चितुवा खोज्दा मृत अवस्थामा झाडीमा भेटिएको डीएसपी जोशीले बताउनुभयो । मृत चितुवालाई प्रहरीले जिल्ला वन कार्यालय कास्कीलाई जिम्मा लगाएको छ ।