काठमाडौं – कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डले चैत्र ६ या ७ गते विश्वासको मत लिने जानकारी दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएको हो । सरकारमा जानेबारे छलफल भएको छैन । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्छ,’ उनले भने,’ चैत्र ६ या ७ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी छ ।

नेकपा एमाले र राप्रपाले कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्तासहित बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

सरकारबाट बाहिरिए पनि रास्वपाले भने प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन भने कायमै राखेको छ।