काठमाडौं - सिन्धुपाल्चोकको सुनकोशी खोलामा बनिरहेको बाँधमा मापदण्ड विपरित ढुङा हालिएपछी सरोकारवालासँग प्रश्न गर्दा एक पत्रकारमाथी हातपात भएको छ ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-३ मा रहेको माया बिच सुनकोसी खोला रिसोर्ट छेउमा बनीरहेको पलम्वर ढलानमा ४० प्रतिशत ढुङ्गा हाल्नुपर्ने ठाउँमा ८० प्रतिशत ढुङ्गा राखेको भेटिएपछी विशालनेपाल डट कमका पत्रकार शमशेर क्षत्रीले किन त्यसो गरिएको भनी प्रश्न गर्दा ठेकेदार सुनकोसी गाउँपालिका-३ थुम्की धयरीघारी पारि पाखा वन समुदायका अध्यक्ष देवेन्द्र कार्कीले केहि मान्छे बटुलेर क्षत्रीको घरमै गई गाली बेइज्ज्ती गर्नुका साथै हातपात समेत गरेका छन् ।
हातपात गर्नेमा ठेकेदार देवेन्द्र कार्की र उनका सहयोगी शिव प्रताप रहेको क्षत्रीले बताए ।
यस बाँधको लागी भूक्षय कोषबाट १५ लाख रुपैयाँ विनियोजन भएको समेत क्षत्रीले बताए ।
आम जनताको घर जोखिममा हुँदा बजेट विनियोजन नभएपनी पहुँचको भरमा एक व्यापारिक प्रयोजनको लागी भूक्षय काेषकाे बजेट विनियोजन भएको देखिन्छ ।
0 comment