काठमाडौं – पाल्पामा खाना पकाउने क्रममा एक्कसी ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका  छन् ।

बगनासकाली गाउँपालिका ८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पड्िकंदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएको प्रहरीले जनाएको छ । ग्यास सिलिण्डर पडकिंदा घाइतेको हात र मुखमा सामान्य चोट लागेको छ साथै उनको स्वास्थ्य अवस्था सामन्य रहेको र घरमा भने क्षति पुगेका प्रहरीले जनाएको छ । 

स्थानीयको सहयोगमा आगो निभाइएको कारण थप क्षति हुन सकेन । घटनाबारे थप विवरण आउन बाँकी छ ।