– गौरव जोशी

काठमाडौं – अहिलेको नंया पिडिमा मानबिय  चेतनाको उद्बुद्द भएको  छ, क्रान्तिका ज्वालामुखीहरु प्रस्फुटित भैरहेका छन् । चेतनाको बिकाश संग संगै बिनाश पनि भैरहेको छ, तर एकदिन यस्तो नआउला भन्न सकिदैन बिकाश र बिनाश बिचको सन्तुलन बिग्रन गइ महा प्रलयको रुप धारण गर्नेछ ।  परिवर्तनको विशिष्ट संघारमा हेर्र्दा हरेक व्यक्ति, समाज ,सम्प्रदाय ,जात जाति ,तथा  राष्ट्रले सचेस्ट ,जागृत ,र क्रान्ती धर्मी भएर प्रतिश्प्रधाको रण भूमिमा उभिनु परेको छ । बिस्व ब्यापारको लडाइ चलिरहेको छ ।  इस्लामिक स्टेट का आतंकबादी र इसाई मिसनरि यसका मुख्य  ब्यापारी रहेका छन् । हरेक राष्ट्रहरु आफुलाइ कमजोर हुन बाट  बची वचाउ गर्न जस्तोसुकै परिस्थितिको सिर्जना गर्न तयार छन् । 

परिवर्तनको  संघारमा हेर्दा एक छुट्टै राष्ट्र ,विकाशील ,नव उदयमान ,सार्वभौम सम्पन्न हाम्रो देश नेपाल पनि महान कायाकल्पको प्रक्रिया बाट गुज्रीरहेको छ । देशमा अहिले संकटकाल छ शित युद्धको लहर चलि रहेको छ । बिस्वको नजरमा नेपाल स्वतन्त्र,सार्वभौम भनेर चिनिन्छ तर वास्तबमा नेपाल स्वतन्त्र छैन कसैको अर्धऔपनिवेसिक छ । 

सन १८१६ मार्च ०४ मा सुगौली सन्धि भयो।  सुगौली सन्धि भन्दा पहिला नेपाल  सार्वभौम, स्वतन्त्र  र बिसाल थियो । तर बिडम्बना सुगौली सन्धि पछि नेपाल खुम्चिदै गयो । हाम्रो स्वतन्त्रता, आत्म सम्मान, राष्ट्रियता, हक-अधिकार कसैको मुठीमा बन्द हुन् गयो । हामि केवल नामका मात्रै स्वाभिमानी र बहादुर रहन गयौ।  यथार्थ रुपमा  भन्नु पर्दा हामि नेपाली पिंजडाको बन्द चरी न  हौ।  मालिकले पिंजडाको मुख खोलिदिए उड्न पाउछौ,नत्र पिंजडाको मालिकले जे भन्छ त्यही स्वीकार गर्नु पर्छ।  बिचरा हामी नेपालि अब त पिंजडाको मुख खोलि दिए पनि उड्न पाउदैनौ होला, हाम्रो उड्ने पखेटा पनि नक्कली हुदै गैरहेको छ। यति मात्रै होइन आज हामि आफैलाई बिर्सी सकेका छौ ।

हामि कस्तो देशको नागरिक हौ ? हाम्रो अस्तित्व केहो ? हाम्रो इतिहास केहो ?  बिर्सदै गैरहेका छौ ।  अब  प्रतेक नेपालीले आफुले आफैलाइ प्रश्न गर्न जरुरि छ । म को हु ? चिसो दिमाग र केहि बेर मौन अवस्थामा बसेर सोच्नु पर्ने  जरुरि छ। हाम्रो अस्तित्व के ? यदि अब पनि  हामि सचेत हुन् सकेनौ भने हाम्रो अस्तित्व सखाप हुनेछ। भोलि इतिहासको पानामा एउटा देश थियो जहाँ बाट मानबिय सभ्यताको उत्पत्ति भएको थियो, जहाँ बाट शान्ति को धुन बिस्व भरि गुञ्जियो तर त्यहाको जनताले अमृत र बिष छुट्याउन सकेन भनेर भोलिको पुस्ताले पाठ पढ्ने दिन नआउला भन्न सकिदैन । 

यो संक्रमणकालिन अवस्थामा आत्मक्रन्ति, धर्मक्रान्ति र राष्ट्रक्रान्तिको एक शशक्त घटक बन्ने सौभाग्य हरेक नेपालीको काधमा आएको छ । हामि नेपालीहरु परापुर्बकाल देखि नै जगत अनमोल बैदिक सनातन सस्कृतिका अनुयायी हौ।  बिस्वकै सर्बश्रेष्ठ जटीबुटि, आयुर्बेद, जल सम्पदा, तराइ, पहाड, हिमाल, प्राकृतिक हराभरा भएको एक आफैमा अति सुन्दर देशका बासिन्दा हौ हामि ।

आज बिस्वमा आर्यबत,हिमवत खण्ड को सभ्यता छ।  बुद्धको शान्ति, जनकको ग्यान, अस्ट्राबक्र को सत्य, शिवको कल्याण र रिशिमुनीहरुको उपदेशलाइ बिर्सनु हुदैन।  तर बिडम्बना आज हामीलाई यी कुराको ज्ञात नै छैन हामि दिन प्रतिदिन सभ्य भन्दा पनि असभ्य हुदै गैरहेका छौ । अहिलेको युग परिद्रीस्य महापरिवर्तनको नया दिशामा छ। चारै तिर परिवर्तन रुपान्तरणका परा कम्पनहरु उथल पुथल भैरहेका छन् ।

धर्म, सस्कृति, दर्सन होस् या राजनीति अर्थ व्यवस्थामा  परिवर्तनको एक लहर चलिरहेको छ।  दिन प्रतिदिन परिवर्तनका नया आयामहरु निर्माण हुदै गइरहेका छन् । यो बिस्व ब्यापारको लडाई हो। यो लडाइको रण भूमिमा कति देश टुहुरा हुन्छन त्यो समयले बताउने छ । यो परिवर्तनको डर लाग्दो अवस्था लाइ देखेर म के निस्कर्समा पुगे भने जब व्यक्ति स्वचेताना र आत्म तत्व बाट बिमुख हुन्छ तब उ भित्र बैमानी, घुसखोरी, आत्मग्लानी, असम्बेदंशिलता, कर्तब्य बिमुखता एबम समस्त दुषित विचार निचतम आचरण उत्पन्न हुन्छ ।

आत्म बिमुखता नै वैयक्तिक एबम राष्ट्रिय चरित्र को पतन को मुख्य कारण हो। यहि रोग आज हाम्रो देशका राज काज समाल्ने देखि लिएर सर्ब साधारण सम्म देखा परेको छ।  जसका कारण आज देश अराजकता तिर धकेलिदै गइरहेको छ ।

२००७ साल मा आएको प्रजातन्त्र ६२/६३ मा आएको गणतन्त्र वास्तममा यो प्रजातन्त्र होइन विकासको बाधक हो। नेपाल को सार्वभौम, स्वतन्त्रता र अखण्डता लाइ धरासायी बनाउने बिकिर्ती को संरचना हो ।  सिधान्त मात्रै प्रजातन्त्र होइन। कुनै पनि व्यवस्था सुसंचालनको अभाब मा देश र जनता का लागि लाभ दायी नभएर भ्रस्ट हुदै धरासायी हुने गर्दछ ।

२००७ साल पछि देशमा दलबलको विकास हुदै गयो हामि परिवर्तनको नाम मा लडदै गयौ बर्गको नाम मा ठुल ठुला क्रान्ति भए तर अन्तिम गएर देशले के पायो विकासको नाम मा बिनास । जुन आन्दोलनले देशको अर्थ व्यबस्थाको सुधार हुदैन धनि र गरिब बीचको खाडल पुर्न सक्दैन त्यो आन्दोलनको कुनै औचित्य हुदैन ।
जसले हामीलाई पटक पटक धोका दियो ,आमाको  कोख रितो पारेर विदेशको मरुभूमि मा रगत र पसिना बेच्न बाध्य बनायो देशको ढुकुटी जति बेचेर खायो अझ यीनै दलाललहरुको गुनगान गाउदै हिन्ने हामि कतिको सचेत नागरिक हौ त ? कोहि यो पार्टी त्यो पार्टीको नाम मा लडी रहेका छौ । कोहि धर्मको नाम मा लडी रहेका छौ त कोहि भूगोल जात जातिको नाम मा लडी रहेका छौ । के यी लडाई लडेर हामि महान बन्छौ त ? देसको संकट सामाधान हुन्छ त ? ब्याप्त बेरोजगारी, भोक शोक, गरिबीको अन्त्य हुन्छ त ? यी प्रश्न को जवाफ आपसमा लडिरहेका नेपालीले खोज्नै पर्ने छ । 

जुन  लडाई आज हामि लडी रहेका छौ त्यो पनि आफ्नो बल, बुद्दि, बिबेकले होइन बाहिरि शक्तिहरुको षड्यन्त्रको सिकार भएर लडी रहेका छौ।  यी सम्पूर्ण खेलको केन्द्र बिन्दु एउटै हो । एउटै शक्तिले पुरै ब्रहमाण्ड लाइ नचाई रहेको छ। यो कुरा प्रतेक नेपालीले बुझ्न जरुरि छ। हामि तत्कालको फाइदा जस्तो देखेर भोलि को पुस्ताको भबिस्य माथि खेलवाड गरिरहेका छौ। आफु लाइ खुबै क्रान्तिकारी र राष्ट्रबादी मान्ने कम्युनिस्ट, कांग्रेस एउटै शक्तिका घटक हुन्। यीनीहरु बिदेशी शक्तिका चलायमान हुन्। यस्ता दलाल पार्टीका नेता भनौदाहरु देश र जनताको भबिस्य को कल्पना गर्न सक्छन त ? ए लाटा नेपाली जनताहरु हाम्रो बुद्दि कैले खुल्छ ?

अव यहाँ धेरै के भनु म।   हामीले यति बुझ्न जरुरि छ कि आज नेपाल एकतन्त्रीय राणा शाशन बाट मुक्त भएर जनप्रतिनिधि बाट साशन गर्न थालिएको लगभग आठ दशक पुग्न लाग्यो। आध्यात्मिक तबरले हेर्दा यत्रो समय भनेको मानिस पाको भएर सनातन तिर उन्मुख भैसक्ने बेला हो।  त्यसैले आफ्नो स्वचेतना जागृत गरेर बिकास र जन कल्याणका काम गर्न यो छोटो समय होइन। एक चोटी सम्झिनुस त दोस्रो बिस्व युद्ध पछि देशहरु स्वतन्त्र हुने लहर बढ्यो । त्यतिबेला नेपाल र नेपालीको हैसियत के कस्तो थियो ? सिंगापुर ,कोरिया र मलेसियाहरु भन्दा माथि थिएँन र ? नेपालको आयात भन्दा निर्यात बढी थियो, सत्य को उपदेश बिस्वलाइ दिन्थ्यो। नेपालीको बिरताको गाथा बिस्वले गाउथ्यो।  आज हामि कहा  बाट कहा पुगी सकेऔ ।

यदि साचिकै हामि नेपालि हौ भने हामीले अझै पनि नेपाल को आवस्था अलि योजना बद्ध ढंगले अगाडी बढाउन आबस्यक  छ।  अब को यात्रा अस्तित्व रक्षा का लागि मात्रै होइन बिस्वमा सम्मानपुर्बक सनातानिक समृधि हासिल गर्नको लागि हो।  यहि नै शास्वत क्रान्ति हो । 

प्रेम प्रणाम ।