काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय मानव अधिकार तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपालीहरू मृत्युदण्डको पक्षमा जान नहुने धारणा राखेका हुन् ।

कहिलेकाहिँ संविधानमा मृत्युदण्ड हुनुप¥यो भनेर आवेशमा कसैले माग राखेको भएपनि त्यसलाई व्यवस्था गर्न नहुने ओलीको भनाई छ ।

मानव अधिकारको कोणबाट हेर्दा मृत्युदण्ड दिने कानुनको पक्षमा जान नहुने बताएका छन् । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यसैले नेपाली नागरिकहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जानु हुँदैन ।

मृत्युदण्ड/फाँसी दिँदा मान्छे ३ मिनेटमा हुन्छ । ’ओलीले भने, ‘मान्छेलाई दण्ड गर्नुपर्छ तर मानिसको जीवनहरण गर्नुहुँदैन । कहिलेकाहिँ देखेका कुरा पनि सत्य हुँदैन ।’ स्थायीरुपमा नेपालीहरु मृत्युदण्डको पक्षमा जान नहुने आफु ढृढ रहेको स्पष्ट पारे ।