काठमाडौं – दाङमा एक महिला माथी सामुहिक रुपमा जवरजस्ती करणी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । २९ वर्षीय एक महिलालाई सामुहिक रुपमा जवरजस्ती करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको हो ।
पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका १७ निवासी ३० वर्षीय निर्मल चौधरी र सोही ठाउँ निवासी २३ वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी विर बहाहादुर वलीले जानकारी दिनुभएको छ ।
पक्राउ परेकाहरुलाई हिजो दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
0 comment