काठमाडौं - भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि जजिरा एयरवेजको पुनः नियमित उडान सुरु भएको छ।
उक्त विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले गत पुस ६ गतेदेखि खराब मौसमका कारण देखाएर उडान स्थगित गरेको थियो।
६६ जना यात्रु लिएर कुवेतबाट आज बिहान ७:१५ बजे अवतरण गरेको जजिरा एयरको विमानले भैरहवाबाट ८:१५ बजे ९९ यात्रु लिएर उडेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिराले अब हप्तामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार नियमित उडान भर्नेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा सञ्चालन गरिएको भैरहवाको गौतमबुद्ध विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता रहेको प्राधिकरणले जनाएको छ।
0 comment