काठमाडौं – नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति निर्वाचनको मतदान सकिए लगत्तै मतगणना सुरु भएको छ ।

मतगणना नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । आज बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो ।
निर्वाचन आयोगका अनुसार कूल ८८२ मतदातामध्ये ८३१ मतदाताले निर्वाचनमा भाग लिएका छन् । ३३२ संघीय संसदका सदस्यहरुमध्ये ३१३ जना र ५५० प्रदेश सभा सदस्यहरुमध्ये ५१८ जनाले मतदान गरेका हुन्। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन् ।

देशको तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र यसैगरी नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।