काठमाडौं – सत्य निरुपण तथा मेलमिलासम्बन्धी विधेयक आजै संसदमा दर्ता गर्ने सरकारले निर्णय गरेको छ । 

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन ऐन २०७१ लाई संशोधन गर्न बनेको विधयेक आज प्रतिनिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको हो । 
बिहीबार बिहान सिंहदरवास्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरी तिमिल्सिनाले जानकारी दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले जनयुद्धमा मारिएकामध्येका ५ हजारको जिम्मा लिन सार्वजनिक अभिव्यक्ति दिएपछि उनी विरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता ज्ञानेन्द्रराज र कल्याण बुढाथोकीले मंगलबार रिट दायर गरेका थिए ।  

प्रचण्डविरूद्ध रिट दायर भएपछि माओवादी धारका पार्टीहरूले विरोध जनाएका छन् भने, सर्वोच्चमा प्रचण्डविरुद्धको रिटमा आजबाट सुनुवाइ हुँदैछ ।