काठमाडौं, 


हाम्रो समाज लागूपदार्थको सेवन नगरि बाच्नै नसक्नेहरुको संख्याले च्यापी सकेको छ । युवाहरुको संख्याहरुलाई हेर्ने हो भने कुलतमा फेको अवस्था जरजर भई सकेको छ । केही वर्ष अगाडि धेरे जसो समाजमा लागूपदार्थको कुनै पनि निर्माण प्रक्रिया थाहा थिएन । अहिले प्रत्येक गाउँघरमा रक्सी निमार्ण गर्ने सामाग्रीहरु जम्मा गरेर राखेकै हुन्छन् । रक्सी बनाउने विशेष गरी महिलाहरुलाई जिम्मा लगाइन्छ । उनीहरुले आफ्नो श्रीमानलाई बनाएर खुवाउने काम पनि गर्दछन् । मिठो र राम्रो रक्सी बनावस भन्ने चाहना र कामना श्रीमानको हुन्छ । एक दिन एउटाको घरमा बनाउन लगाउने र त्यस घरमा अन्य गाउँ टोल वा समाजका अर्को दिन अर्को घरमा, अर्को  दिन अर्को घरमा गरेर पालो पु¥याउँछन् । बजारमा आ–आफ्नो मत मिल्ने साथीहरुसँग एउटा समुह बनाउने र एउटा होटलमा बस्ने वा भट्टीमा बस्ने, रक्सी, मासु, चुरोट झिकायर खाने गर्दछन् । यसरी गाउँको  समाज होस चाहे शहरको किन नहोस जहाँतहीका मान्छेहरुमा लागूपदार्थको दुव्र्यसनले छाडेको छैन । यसैले कुनै पनि समाजमा अवैध नकारातमक क्रियाकलापहरु हुने गरेका छन् । 


परम्परागत चाडपर्व मेलापातहरुमा  लागूपदार्थ सेवन गरेर जानु गौरवको विषय ठानिन्छ । जसले खाएको छ उसले साथी पाउछ, मनोरञ्जन पनि पाइन्छ । साथै दुनियाँलाई हप्काउदै गालि गर्दै हिड्न पाइन्छ । भन्ने मान्यता छ । रक्सी नखाएको मान्छे एक्लो बाँदर झै भएर बस्नु पर्ने हुन्छ । उसको कुरा कसैले सुन्दैन । जब रक्सी खान्छ तब धादलीको सुरुवात हुन थाल्छ । कोही झाडाबान्ता गरिरहेको, कोही हिलोमा सुतेका, कोही झगडा गरिरहेका कोही केटीहरुलाई जवरजस्ती गरिरहेका यत्रतत्र भटिन्छन् । जब बिहान हुन्छ यो मेलापातको समाप्ती हुन्छ, त्यतिबेला पैसा खर्च गरेर वा हराएर स्वाहा गई सकेको हुन्छ । टाउको दुखेर अनुहारमा मलिनता छाएको हुन्छ । लडीबडी गरेर कपडा बिग्रीएको हुन्छ । शरीर दुखिरहेको हुन्छ । केही सामान जस्तै– पर्स, टोपी, जुत्ता, टर्च, रुमाल कलम आदि  हराइरहेको हुन्छ, त्यतिबेला बल्ल सचेत भएर मैले त आज गर्न नहुने काम गरेछु भन्दछन् । पुनः यिनै माथिका सामानहरु पुरा गर्न फेरि रक्सीकै खोजीमा लाग्दछन् । कोही भने रक्सीकै कारणले बिरामी जस्तो भएकाले स्वास्थ्य चौकी खोजी गरी औषधि समेत खाने गर्दछन् । जुन गर्न नपर्ने हो । विवाह, ब्रतबन्ध, पूजाआजा, धार्मिक क्रियाकलाप, भोज भतेर हुने ठाउँमा पनि उस्तै हो । फेशन नै भइसकेको छ । रक्सी खाने कुनै कुनै समाजमा त झन जन्ती पक्षले रक्सी दुलही पक्षकहाँ उनीहरुले भनेजति लिएको छैन भने दण्ड गरेर मात्र दुलही पठाउने गर्दछन् । दुलही पक्षकहाँ पनि घरघरमा जाँड, रक्सी छैन  वा खान पाएनन् भने भाडभैलो मच्याउने काम जनती पक्षको हुन्छ । यस्तो कुसंस्कार विरुद्ध लडाई गर्नु पर्ने काम धेरै बाँकी छ । कुनै समाजमा आमा बुबाको साथमा, सबै परिवारका सदस्यहरुसँगै बसेर जाँडरक्सी नास्ताको रुपमा खाने गर्दछन् । खाइसकेपछि आ–आफ्नो काममा लाग्ने गर्दछन् । यस्तो चलन भएको समाजमा दुव्र्यसनीहरुले प्रश्रय पाएर दुव्र्यसन झन्झन् बढ्दै जान्छ । जेहोस् लागूपदार्थ दुव्र्यसनीका कारणले हाम्रो समाज दिन प्रतिदिन ग्रसित गएको छ ।