डा. शास्त्रदत्त पन्त, 

वैदिक राजा स्वतः संबैधानिक हुने भएबाट पनि नेपाललाई वैदिक आदर्शको राजतन्त्रात्मक खाँचो छ । दलहरु कतैन कतै आवद्ध हुने भएबाट नेपालको सम्बन्ध भारत र चीनसँग बिग्रिसकेको छ । तिनले राजसंस्थाको खाँचो महसुुस गरिसकेका छन् । मिशनरीले धनबलबाट कचिङ्गल बनाइ राखेका छन् । त्यसबाट निषेधको राजनीति हुदैगएको छ । सैनिक कू जस्ता अप्रजातान्त्रिक शासनबाट बचाउन पनि राजतन्त्रको खाँचो छ । प्रजातन्त्रमा विश्वास गर्नेले यस कुरामा पहिलो ध्यान दिनुपर्छ । सेनाले सत्ता लियो भने सबै पाँच दलको आश्रयस्थल दिल्ली नै हुनेछ । यी त्यहाँ पुगे भने विदेशी सेना भित्रिन सक्छन् । भित्रिएपछि  फर्काउन सकिदैन । अनमिन तथा भूकम्पपिडितलाई उद्धार गर्न आएका विदेशी सेना समेत फर्कन नमानेको सबैलाई थाहा छ । त्यसो भयो भने नेपाल भूटानको झै रक्षा, जलस्रोत र परराष्ट्र विदेशीको हातमा जान सक्छ, विखण्डनको चाहना राख्नेलाई सघाएर देश टुक्रिन सक्छ । बाबुरामले भने झैं कतै विलय (मर्ज या सबमर्ज) हुन सक्छ, सिक्किमको जस्तो अवस्था पनि आउन सक्छ । त्यसकारण नेपालको स्वतन्त्रता, राष्ट्रियता, राष्ट्रिय अखण्डतामा आँच आउन नदिन तथा हिन्दु अधिराज्यको पुनस्र्थापना गर्न नेपाली मात्र एकत्रित हुनु अनिबार्य भएको छ । बीपी र मदनभण्डारी मारिए, दोर्जी प्रवृत्तिका धुन्दुकारी गिरिजाले छरेको बिउले नेपाल तहसनहस हुन सक्छ । आम नेपालीले यो गहन कुरा बुझेर राजसंस्था पुनस्र्थापना गर्न एकत्रित हुनै पर्छ । नेपाली मात्रले बुझ्नु पर्ने कुरा केहो भने राजालाई राजगद्दीको लोभ नभए पनि नेपाल र नेपालीलाई राजसंस्थाको नितान्त खाँचो छ ।
मुलुक लथालिङ्ग भएको आजको अवस्थामा अब कस्तो राजनीतिक प्रणाली आउने हो भनेर प्रतीक्षा गरिरहनु भन्दा संबैधानिक राजसंस्था कायम गराउनु नै उपयुक्त हुन्छ । आम जनताको चाहना भएर पनि ती संगठित छैनन् । तिनमा दलको तर्सो र इसाई मिसनरीको लालसा छ । दलका नेतालाई “रअ” को तर्सो छ, हेगको तर्सोछ, मानवअधिकारकोे तर्सो छ, मुद्धा ब्युँतिने तर्सोछ ।


नेपालको हरेक राजतीतिक परिवर्तनमा भारतको भूमिकालाई नियाल्दा यस्तै अनुहारको भविष्य देखिन्छ । यहाँनेर चीन, अमेरिका र इयुको भूमिका नरहला भन्न सकिदैन । तिनमा एकमत नहुने अवस्था भयो भने नेपालले इथोपिया, सिरिया, अफगानिस्तान जस्ता सबै विसंगति भोग्नु पर्ने हुन्छ । गिरिजाले थालेको मुर्खपन र गलत राजनितिक खेलबाट नेपालमा पान्डोराको बाकस खोलिन सक्छ । त्यसकारण असल कुरा नै के हो भने नेपाली संगठित हुने बातावरण बनाएर बैदिक राज संस्थालाई पुनस्र्थापन गर्नु । 


पृथ्वीको सतहको उर्वरा माटो (टप सोएल) बन्न २०० बर्ष लाग्दछ । एउटा ठूलो बर्षा, भल वा पहिरोले त्यसलाई एकै क्षणमा तहसनहस बनाउन सक्दछ । त्यस्तै यो राजसंस्थाको आनुवंशिकता बन्न हजारौं बर्ष लाग्दछ । सुसभ्य र सुसंस्कृत मानिस त्यहीबाट फरक हुन्छ । राजनीतिक निर्णय गराएर सन्की स्वाभावद्वारा पद अठ्याँदैमा सुसभ्य र सुसंस्कृत शासक बन्न सकिदैन । आज नेपालमा सभ्यता र संस्कार भत्काउने राजनैतिक निर्णय त्यही भलबाढी जस्तै हो । त्यसले उर्वरा माटो नै विनाश गरेको छ । तर त्यो फेरि निर्माण गनृ नसकिने हैन, यो निर्माण हुन्छ । पुनस्र्थापन गर्न सार्वभौमसत्ता सम्पन्न जनता एकजुट भएर लाग्नु पर्दछ । “राजालाई स्पेस दिने” कुरामा दलहरु तयार नहुने हो भने जनताले दलीय व्यवस्थाको नै विकल्प खोज्ने छन् असंगठित जनता आफै उठ्नु थप खतरा हुन्छ ।