काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै विभाग तथा सार्वजनिक संस्थानलाई स्वदेशी उत्पादनको उपभोग गर्न परिपत्र गरेको छ ।
परिपत्रमा भनिएको छ,‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पत्र अनुसार फागुन १२ गतेको मुख्यसचिव ज्यूको संयोजकमा बसेको ६४ औं केन्द्रीय अनुगमन तथा मुल्यांकन समितिको बैठकको निर्णयको बुँदा नं. ८ मा सबै सरकारी निकायले सम्भव भएसम्म स्वदेशी वस्तु प्रयोग गर्ने प्रबन्ध मिलाउने उल्लेख गरेकाले उक्त निर्णय कार्यान्वयनको लागि आदेशानुसार अनुरोध छ ।’
खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको व्यवसायीले गुनासो गरेका छन्। खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण सहज रुपमा सामान भित्रिनुले स्वदेशी उत्पादनको बजारीकरणमा समस्या रहेको उनीहरूको भनाइ छ। किसानको जीवनस्तर माथि उकास्न सके मात्र अर्थतन्त्र मजबुत हुने अपेक्षा छ।
0 comment