काठमाडौं - अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका चार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ। 

दिनेश अर्याल, दीपिका रेग्मी, डोमा शेर्पा र कृष्णकुमार नेपालविरुद्ध मुद्दामा विशेष अदालतको फैसलामा चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी लाभ तथा हानी, सार्वजनिक सम्पत्ती हानि नोक्सानी, राजश्व हिनामिना र गलत लिखतसम्बन्धी गरी चार मुद्दामा आयोगको निर्णयअनुसार मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो।