राजेशमान के.सी.

 

विज्ञान प्रविधिको क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धिहरुमध्ये एउटा प्रमुख उपलब्धि हो कम्प्युटर प्रविधि । कम्प्युटर प्रविधिको विकासले गर्दा आज हाम्रो जीवन यति सुगम हुन पुगेको छ कि यो हाम्रो दैनिक जीवन पद्धतिकै एक अभिन्न जसतो भइसकेको छ । त्यसमा पनि कम्प्युटरमा भएको इमेल र इन्टरनेटको विकासले गर्दा त आज हामी घरको एउटा सानो काठामा बसेरै क्षरभरमै संसरको गतिविधिहरु बुझ्ने र संसारका विभिन्न भागका व्यक्तिहरुसँग सन्देश आदान प्रदान गर्न समेत समर्थ भएका छौं । तर जुनसुकै कुराको फाइदा र बेफाइदा भए झैं कम्प्युटर प्रविधिको पनि सकारात्मक र नकारात्मक पक्षहरु छन् । एकातिर कम्प्युटर प्रविधिले हाम्रो दैनिक जीवनलाई निकै सरल र सुगम बनाइदिएको छ भने अर्कोतिर यसको दरुपयोगबाट यस्ता केही नकारात्मक पक्षहरु पनि आउँने गरेका छन् जसले ब्यक्ति एवं समाजको गरीमा, सार्वजनिक सम्पत्ति एवं सिंगो राष्ट्रको गतिविधिमा समेत प्रतिकूल असर पु¥याउन सक्तछ । कम्प्युटर प्रविधिको दुरुपयोगबाट निस्कने यस्ता नाकारात्मक पक्षलाई कम्प्युटर क्राइम अथवा साइबर क्राइम पनि भन्ने गरिन्छ । यस कम्प्युटर अपराध अथवा साइबर अपराध अन्तर्गत ब्यक्ति, समाज, सामाजिक सम्पत्ति, व्यक्तिको मान प्रतिष्ठा आदि कुरामा प्रतिकूल असर पार्ने सबै खालका क्रियाकलापहरु पर्दछन् । विशेषगरी गैरकानूनी सफ्टवयर नीति, भाइरस आक्रमण, हयाकिङ्ग आदि जस्ता कुराहरु साइबर अपराध भित्र पर्दछन्  । त्यस्तै आजभोली कम्प्युटर चाटिङ्ग गर्ने प्रचलन पनि बढ्दै गइरहेको छ । खास गरी यो प्रबृक्ति युवा युवतीहरुमाझ निकै ब्यापक छ । हुन त च्याटिङ्ग गर्नुलाई अपराध नै भनिहाल्न मिल्दैन । तर यस्तो च्याटिङ्ग गर्ने बढ्दो प्रबृक्तिबाट अश्लिलता बढेको, दुब्र्यबहार हुने गरेको र कुनै यो वा त्यो पक्षबाट धम्की समेत आउने गरेको परिप्रेक्ष्यमा यस्ता गतिविधिले मानिसको इज्जत, मान, प्रतिष्ठा आदिमा नराम्रो असर पु¥याउन सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । त्यस्तै इन्टरनेटमा व्यक्ति, समाज एवं समग्र राष्ट्रलाई समेत दिग्भ्रमित पार्ने खालका कुरा राखेर अपराधजनक कार्य गर्ने गरेको पाइनछ । अर्को कुरा कसैको अनुमति बेगर क्रेडिट कार्ड, मास्टर कार्डहरुको प्रयोग गरेर पनि एक किसिमको अपराधजनक कार्य हुने गरेको पाइन्छ । यिनै कम्प्युटर क्राइम अथवा साइबर अपराधलाई नियन्त्रण गर्ने अभिप्रायले विश्वका विभिन्न मुलुकहरुमा साइबरल ऐन निमार्ण गरिएको हुन्छ । त्यसैले कम्प्युटर अपराध र यसबाट पर्ने असर एवं नियन्त्रणको लागि गरिएको सजायं सम्बन्धी व्यवस्था सम्मिलित कानूनलाई नै साइबर ऐन अर्थात् विद्युतीय कारोबार ऐन भनिन्छ । 


विश्वमा कम्प्युटर प्रयोगजनको बढ्दो लोकप्रियता सँगसँगै यसको दुरपयोगका कारण कम्प्युटर अपराध सम्बन्धी कार्यहरु पनि बढ्दै गएको परिप्रेक्ष्यमा कतिपय मुलुकहरुले साइबरल को निमार्ण गरी लागू समेत गरिसकेका छन् । यो ऐन लागू भए पछि विद्युतीय रुपमा कम्प्युटरमा राखिने अभिलेख र डिजिटल हस्ताक्षरलाई कानूनी मान्यता प्रदान गरी कम्प्युटरबाट समेत कानूनी रुपमा सम्पूर्ण सरकारी एवं गैरसरकारी संघ संस्था र निकायका काम कारबाही हुनसक्तछ । साथै यस ऐन अन्तर्गत कम्प्युटरमा राखिने अभिलेख र डिजिटल हस्ताक्षरको सम्पूर्ण कानूनी आधारहरु स्पष्ट गर्नुको साथै कानून बिपरित काम गर्नेलाई कसुर बमोजिमको सजायँको समेत व्यवस्था गरिएको हुन्छ । जस अनुसार विद्युतीय रुपमा राखिएको सूचनामाथि क्षति पु¥याउने वा इमेल इनटरनेट मार्फत् प्राप्त सुविधाको दुरुपयोग गर्दै गलत सूचना प्रवाह गरी धम्की दिने वा आतंक मच्चाउने व्यक्ति वा संस्थालाई सजाय गर्न सकिने बारे स्पष्ट रुपमा कानूनी व्यवस्था गरिएको हुन्छ । 


नेपालमा पनि यस्तो कानूनको निर्माण गर्नु टड्कारो आवश्यकता महसुस भइरहेको सन्दर्भमा सरकारले विद्युतीय कारोबार व्यवस्था सम्बन्धी ऐनको रुपमा यो ऐन ल्याएको छ । यस ऐनमा व्यवस्था गरिए अनुसार प्रचलित कानून विपरित विद्युतीय रुपमा सूचना सामग्री प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयासम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय गर्न सक्ने अधिकार सम्बन्धित निकायलाई प्रदान गरेको छ । सो ऐनमा विद्युतीय अभिलेखका बारेमा अनुगमन गर्न र डिजिटल हस्ताक्षरबाट हुने कारोबारलाई नियमन गर्न नियन्त्रण कार्यालयको व्यवस्था गरिने कुरा पनि उल्लेखित छ । साथै यस विद्युतीय कारोबार व्यवस्था सम्बन्धी ऐनको अर्को महत्वपूर्ण विशेषता के हो भने कम्प्युटर अभिलेखमा कानून विपरित काम गर्नेलाई सजाय गर्न ऐनले नै तीन सदस्यीय न्यायाधीकरको समेत व्यवस्था गरेको छ । तथापि हाम्रो मुलुकको एउटा विडम्बना के छ भने यहाँ बन्ने हरेक ऐन कानून वा नियम विनियम हेर्दा जति राम्रो र आकर्षक देखिन्छ त्यसको कार्यान्वयन पक्ष भने त्यति नै कमजोर र फितलो हुने गर्दछ । त्यसैले कुनै पनि कुरालाई व्यवस्थित गर्न कानून बनाएर मात्र पुग्दैन । सम्बन्धीत निकायले त्यस ऐनको प्रभावकारी कार्यान्वयनतर्फ पनि यथेष्ट ध्यान पु¥याउनु आवश्यक हुन्छ । आशा गरौं यस ऐनको प्रभावकारी कार्यान्वयनमा कुनै कसुर बाँकी राखिने छैन र मानिसको आधुनिक जीवन पद्धतिको अभिन्न अंग जस्तै भइसकेको कम्प्युटर प्रबिधिबाट हुने दुरुपयोग निरुत्साहित भई यस प्रविधिबाट हामी अधिकतम लाभ लिन सक्षम हुनेछौं ।