काठमाडौं – डडेल्धुरामा बंदेलको आतङ्कले त्रास भईरहको वेला, बंदेल आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा अमरगढी नगरपालिका–३ गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको रहेको प्रहरीले जनाएको छ । पल्ले आइतबार बिहान खेतमा गोरु डो¥याउन गएको बेला बदेलको आक्रमणमा परेका थिए । बदेलको आक्रमणले पल्लेको ज्यान नै गएपछि यतिवेला स्थानीयवासी त्रसित बनेका छन् । 

डडेल्धुराका स्थानियवासी बिश्नु भट्टले नागरिकको बाँच्न पाउने अधिकार सरकारले व्यवस्था गर्नुपर्ने बताए । उनले भने, नागरिक भन्दा पनि बन्य जन्तु र पशुको अधिकारमा जटिल र सुरक्षा संयन्त्र राष्ट्रिय निकुञ्ज देखि आरक्ष बिस्तारमा राज्यको उपस्थिति कडा पारिएको हेर्दा आफ्नो नागरिक प्रति राज्य जवाफदेहि नदेखिको सवाल रहेको बताए ।

घाइते पल्लेको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।