काठमाडौं – सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीले ठक्कर दिंदा गए राति एकजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ३८७७ नम्बरको सिटी सफारीले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

सिटी सफारीको ठक्करबाट मृत्युहुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।  सफारी चालक टहरी–५ का ३५ वर्षीय सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुशन्धान गरी रहेको छ ।