काठमाडौं – दैलेखको नारायण नगरपालिका–११ बिन्ध्यवासिनीमा श्रीमान् श्रीमतीको झगडा मिलाउन खोज्दा एक जनाको ज्यान गएको छ ।
यसरी कुटपिटबाट ज्यान गुमाउनेमा दैलेखक नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका ५३ वर्षीय गगनबहादुर विक रहेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका विकको दैलेख अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले टाउको, छाती र ढाडमा चोट लागेर अत्यधिक रगत बगेको कारण विकको ज्यान गएको बताउनुभएको छ ।
कुटपिटमा संलग्न छिमेकी २६ वर्षीय तुलबहादुर सिंह र २२ वर्षीय भूपेन्द्र बुढा लगायतको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको लम्सालले जानकारी दिनुभएको छ ।
0 comment