काठमाडौं – दाङको देउखुरीमा जन्ती बोकेको बस पल्टिदा चालक सहित १० जना घाइते भएका छन् । 

शनिवार दिउँसो पौने ५ बजेको समयमा धनगढी देखि स्याङजा जन्ती लिएर जाँदै गरेको ना ५ ख ९४११ नम्बरको बस पल्टिदा बसमा सवार १७ जना जन्ती मध्ये ९ जना जन्ती र १ जना चालक घाइते भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । 

लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ५ सिसहनियाँ स्थित दोलाईखोला पुलको पश्चिम उत्तर सडक देखि करिव ३० मिटर तल खसेको छ । 

घाइते हुनेहरुमा बस चालक कैलाली जिल्ला गोदाबरी नगरपालिका १२ निवासी २८ वर्षिय दिपक साउद, धनगढी उपमहानगरपालिका ५ निवासी ६१ वर्षिय रामबहादुर बम, वडा नम्बर १ निवासी ४५ वर्षिय रमा विडारी, वडा नम्बर ६ निवासी १४ वर्षिय सक्षम भट्ट, कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका ४ निवासी ३८ वर्षिय रञ्जु भट्ट, सोही नगरपालिका वडा नम्बर ४ निवासी १४ वर्षिय रमण भट्ट, वडा नम्बर ४ कै ५० वर्षिय रामचन्द्र भट्ट, कैलाली जिल्ला गोदाबरी नगरपालिका १ निवासी १५ वर्षिय दिपा भट्ट, धनगढी उपमहानगरपालिका ५ निवासी ५१ वर्षिय बुद्धिसागर बिडारी र गौरीगंगा नगरपालिका १ निवासी २८ वर्षिय चम्पा विडारी रहेका छन् ।

घाइते सवैको सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि धनगढी पठाइएको छ । बस तिव्र गतिमा रहेकोले अनियन्त्रित भएर पल्टिएको प्रहरीले बताएको छ ।